काँग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

काँग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने


७ फाल्गुन २०८०, सोमबार


काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा शङ्कर भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले हिन्दूराष्ट्रको एजेण्डामा पार्टी उभिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए ।

सांसदसमेत रहेका नेता भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक समेत भइसकेको छ । तर, आजबाट सुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्र एजेण्डा नबन्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनले काँग्रेस एकल धर्मको राज्य, एकल वंशको शासन, एकल जातीय शासन, एकल विचारको शासनको पक्षमा नरहेको प्रष्ट पारे ।

तर, नेता भण्डारीले वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पुरक प्रस्ताव पेस गदै छन् । उनले भनेका छन्, महासमिति बैठकमा पेश हुने वैदिक सनातन हिन्दू धर्म पुरक प्रस्तावको पक्षमा समर्थनका लागि समेत आग्रह गर्दछु ।

काँग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ । अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस