नैनसिंह महरद्वारा १२६ पृष्ठको छुट्टै प्रतिवेदन तयार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नैनसिंह महरद्वारा १२६ पृष्ठको छुट्टै प्रतिवेदन तयार


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन तयार गरेका छन् ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा छलफल गराउने गरी आफूले प्रतिवेदन तयार गरेको महरले बताए ।

महरको प्रतिवेदन १२६ पृष्ठको छ । बैठकमा प्रस्तुत हुने उपसभापति र महामन्त्रीका प्रतिवेदनमा पार्टी पङ्तिमा छलफल नै नगरी तयार भएको उनले बताए ।

महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनले बताएका छन् ।

आफूले तयार गरेको प्रतिवेदन महासमिति सदस्यहरूका बीचमा छलफल गराउन पार्टीले प्रवेश नगराए प्रतिनिधिहरूलाई वितरण गरिने उनले भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस