सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना


७ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ ।

वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो ।

स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलबाड गर्ने गरी कालोपत्रे सडक खनेर बेवास्ता गरेपछि कारबाही गरिएको नगर प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस