कति छ आज विदेशी मुद्राको विनिमय दर ? « प्रशासन
Logo १ बैशाख २०८१, शनिबार
   

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


७ फाल्गुन २०८०, सोमबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४६ रुपैयाँ रहेको छ ।

यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९६ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस