डोटीमा पाँच दिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा पाँच दिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर सुरु


६ फाल्गुन २०८०, आइतबार


डोटी । डोटीमा पाँच दिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर सुरु भएको छ । जिल्ला अस्पतालमा आइतबारबाट निःशुल्क शिविर सुरु भएको हो । 

जिल्ला अस्पतालका अनुसार मेड-सोलुसन फाउन्डेसन स्वीजरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । 

शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. प्रकाश ज्ञवाली सहितको २५ जनाको टोलीले सेवा दिने जनाइएको छ । शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा विकृति जन्य समस्याहरू, हात खुट्टा भाँच्चिएका, भाँचिएर बाङ्गिएर जोडिएका, रड, पाता वा किला निकाल्ने, आगोले पोलेको, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्ने लगायतका सेवा प्रदान हुने जनाइएको छ । 

पाँच दिन सम्म सञ्चालन हुने शिविरमा कम्तीमा १३ सय जनासम्म जनरल बिरामी हेर्ने र ७० जनासम्मको अप्रेसन गर्ने लक्ष्य रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष धन बहादुर नेपालीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस