भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुख तामाङविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुख तामाङविरुद्ध भ्रष्टाचार मुद्दा


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।

विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस