नयाँ प्रकृतिका बैंकिङ कसुरलाई समेत कानूनी रूपमा सम्बोधन गर्न रास्वापाको माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नयाँ प्रकृतिका बैंकिङ कसुरलाई समेत कानूनी रूपमा सम्बोधन गर्न रास्वापाको माग


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले नयाँ प्रकृतिका बैंकिङ कसुरलाई समेत कानूनी रूपमा सम्बोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकको बैकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियो भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै उनले चेक अनादरको विषय अहिले विकराल समस्याका रूपमा देखिएको र यसको सम्बोधनका लागि सरकारले कानुन ल्याउनु अत्यावश्यक रहे पनि डिजिटल भुक्तानीको कुरालाई कानूनी रूपमा संशोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्ने हो भने समाजमा बैङ्किङ कसुर सम्बन्धमा पछिल्लो समय देखिएका नयाँ प्रकृतिका कसुरलाई समेत समेट्नु उचित देखिन्छ । अन्यथा हामी समाजले कम प्रयोग गर्दै गएको कागजी कारोबारलाई समेट्न कानुन संशोधन गर्दै जान्छौँ तर समाजमा प्रयोग बढ्दो आएको कानुन रहित कारोबारलाई बिर्सँदै जान्छौँ जसले हामीलाई अझै पछाडि नै राख्छ र अपराधीहरूलाई अगाडी राख्छ। यसतर्फसमेत सरकारको ध्यान जाओस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस