नगरप्रमुखका स्वकीय सचिवको निधनमा रामेछाप नगरपालिकामा शोक बिदा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नगरप्रमुखका स्वकीय सचिवको निधनमा रामेछाप नगरपालिकामा शोक बिदा


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । रामेछाप नगरपालिकाका कर्मचारीले आयोजना गरेको वनभोजमा खान सर्केर मेयर लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएपछि आज शोक बिदा दिइएको छ । जिल्ला अस्पताल रामेछापका अनुसार उनको खाना सर्केर मृत्यु भएको हो । 

सम्बन्धित समाचार : वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको मृत्यु, वडाध्यक्ष कार्की बेहोस

नगरपालिकाले एक सूचना जारी गर्दै श्रेष्ठको असामयिक निधनबाट पालिका परिवार मर्माहत भएको बताएको छ । उनको निधनको दुःखमा नगरपालिका र मातहतका कार्यालयमा अत्यावश्यक बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले बताए ।

नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिवार वनभोज आयोजना भएको थियो । खाना खाने क्रममा सर्केपछि उनले लामो समयसम्म खोकेका थिए । उनी लगातार खोकीले पनि ठिक नभएर शिथिल बनेपछि उपचारका लागि काठमाडौँ पठाउन हेलिकोप्टर बोलाए पनि हेलिकोप्टर नपुग्दै मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस