संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा 


५ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार शम्भुजित बास्कोटाले संगीतकर्मीहरुलाई राष्ट्रको गहनाभन्दा पनि पहिचानका रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् । 

काठमाडौँमा शनिबार आयोजित संगीतकार संघ नेपालको १२ औँ वार्षिक साधारणसभामा उनले  संगीतकर्मीहरुलाई राष्ट्रको गहना भनेर नेताहरुले भाषण गर्ने र लकरमा मात्र सीमित गर्ने गरेको भन्दै पहिचानको रुपमा बुझ्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘राष्ट्रले संगीतकार संगीतकर्मीहरुलाई गहना होइन पहिचान हो राष्ट्रको भन्ने बुझ्नुपर्छ । गहना त हुन्छ एउटा लकरमा जसरी राख्यो । राष्ट्रको गहना भन्दै नेताहरुले भाषण गर्छन्, कलाकारहरु मक्ख । सेल्फी पनि माग्छन्, भैहाल्यो । ’उनले संगीत क्षेत्रको हक अधिकार प्राप्तिका लागि सरकार चलाउनेहरुको नजर बदल्नुपर्ने धारणा राखे । उनले भने, ‘अब हामीले कतिन्जेल हक अधिकारको लागि कराउने लड्ने ? सरकार चलाउनेलाई बदल्न हामीले सकेनौ भने हामी केही गर्न सक्दैनौँ । हामी लडेको कयौँ वर्ष भइसक्यो, कयौँ दिवंगत भइसक्नुभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस