काठमाडौँ महानगरको आधारभूत तहको परीक्षा दुई चैतदेखि हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ महानगरको आधारभूत तहको परीक्षा दुई चैतदेखि हुने


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले समय तालिका सार्वजनिक गर्दै आधारभूत तहको परीक्षा आगामी दुई चैतदेखि सञ्चालन गर्ने जनाएको छ ।

९ चैतसम्म सञ्चालन हुने परीक्षाको लागि २० फागुनबाट विद्यार्थीको प्रवेश पत्र सफ्टवेयरबाट प्रिन्ट गरी परीक्षार्थीलाई वितरण गर्न शिक्षा विभागले विद्यालयलाई निर्देशन दिएको छ ।

कुनै आकस्मिक बिदा पर्न गएमा काठमाडौँ महानगरपालिकाको पूर्व सूचना परीक्षा बिना परीक्षा नरोकिने कुरा ध्यान दिन विद्यालयहरूलाई निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस