हिन्दु राष्ट्रको पक्षमा काँग्रेसका २२ केन्द्रीय सदस्यले बुझाए पूरक प्रस्ताव « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हिन्दु राष्ट्रको पक्षमा काँग्रेसका २२ केन्द्रीय सदस्यले बुझाए पूरक प्रस्ताव


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दु राष्ट्रलाई महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् ।

७ फागुनदेखि सुरु हुने महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि काँग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ, जहाँ तीन वटा दस्ताबेज पेश भएको छ ।

त्यसमा असहमत २२ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेर महासमिति बैठकमा छलफल गरेर सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पूरक प्रस्ताव बुझाएका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकोमा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

भोलि (शनिबार) सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारीमा रहेका उनीहरूले महासमिति बैठकबाट काँग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने माग गरेका छन् ।

तपशीलका केन्द्रीय कार्य समितिका सदस्यहरूले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली काँग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दु धर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौँ’, सभापतिलाई बुझाइएको प्रस्तावमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस