बझाङ जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बझाङ जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते


४ फाल्गुन २०८०, शुक्रबार


चैनपुर (बझाङ) । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट-१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट-३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका-५ का सह-चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस