गगन थापाले केन्द्रीय कार्यसमितिमा पेश गरे २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गगन थापाले केन्द्रीय कार्यसमितिमा पेश गरे २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औँ महाधिवेशन गरिसक्ने गरी कार्यतालिका समेत समावेश गरिएको छ ।

२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनले चुनेको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरसम्म छ । त्यस अवधिमा १५औँ महाधिवेशन गर्नुपर्ने भन्दै महामन्त्री थापाले कार्यतालिका अघि सारेका छन्, जसअनुसार २०८१ असोजमा विधान महाधिवेशन हुनेछ ।

त्यसअघि २०८१ साउनसम्म १५औँ महाधिवेशनबाट लागू गर्ने गरी विधानमा गर्नुपर्ने संशोधनबारे पार्टीको सबै तहबाट सुझाव संकलन र छलफल गर्ने प्रस्तावित कार्यतालिका छ ।

महामन्त्री थापाले २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् । २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाउने कार्यतालिका छ ।

२०८२ असोज मसान्तभित्र जिल्ला, कात्तिक मसान्तभित्र प्रदेश र २०८२ मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने महामन्त्री थापाको संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस