इन्धन ढुवानी गर्ने ट्याङ्करमा गाँजा ओसारपसार गर्ने चार पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्धन ढुवानी गर्ने ट्याङ्करमा गाँजा ओसारपसार गर्ने चार पक्राउ


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्कर प्रयोग गरी लागू औषध गाँजा ओसारपसार गर्ने चार जनालाई ठूलो परिमाण गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा धनकुटाको भेडेटारस्थित इलाका प्रहरी कार्यालयबाट फागुन बुधबार बिहान जाँचमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा मूलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङ्करलाई रोकेर जाँच गर्दा उक्त तेल हाल्ने डिब्बाभित्र गाँजा लुकाएको पाइएको थियो ।

प्रहरीका अनुसार त्यसरी लुकाइएको ५ सय ९४ किलो गाँजा बरामद गरिएको छ । गाँजा ओसार पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सहचालक एमडी अफ्रोज, ट्याङ्करमा सवार ७० वर्षीय लखन महतो र मोरङको रंगेली नगरपालिका-७ का ७० वर्षीय गयानन्द मण्डललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस