२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमै रुख कटानी नहुँदा सेती लोकमार्ग सडक निमार्ण अलपत्र

अ+ अ-

 डोटी । समयमै रुख कटानी प्रक्रिया अगाडी बढ्न नसक्दा सेती लोक मार्ग राष्ट्रिय गौरवको योजना अलपत्र परेको छ । 

कैलालीको टीकापुर देखि सेती लोक मार्ग हुँदै डोटी, अछाम जोड्ने १ सय १२ किलोमिटर सेती लोक मार्ग सडक अन्तरगत रहेका रुख कटानी प्रक्रिया अघि बढ्न नसक्दा सम्झौता अवधि सकिन लागेको छ । 

आर्थिक वर्ष २०७९।०८० मा सम्झौता भई आर्थिक वर्ष २०८१।०८२ मा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । कैलालीको टिकापुर देखि डोटीको ठुलीगाड सम्म ७२ किलोमिटर ट्याक खोल्ने गरी एक खण्डमा सम्झौता भएको थियो । उक्त खण्डमा भने हाल सम्म काम सुचारु रहेको निमार्ण कम्पनीले जनाएको छ । 

डोटीको ठुलीगाड देखी अछाम सम्म ४० किलोमिटर ट्याक खोल्ने दोस्रो खण्ड रहेको थियो । उक्त सडक खण्डको ट्याक खोल्ने जिम्मा पाएको सपना जय मा जेभीको काममा शून्य प्रगति भएको छ । सडक क्षेत्रमा रहेका रुख कटानीको आदेश नपाउँदा काम अगाडी बढाउन नसकेको सपना जय मा जेभीका सञ्चालक डिल्ली डाँगीले बताए । उनले भने आफूले काम सुरुवात गर्ने भनेर एक थान एक्जाबेटर सडक निमार्ण क्षेत्रमा छोडी कुर्दा कुर्दै १६ महिना भन्दा बढी भइसक्यो । यती लामो समय सम्म मेसिन नचल्ने अवस्थामा पुगेको छ, आफूबाट काममा ढिलाइ नभएको बरु आफूले उल्टै लाखौँको क्षति बेहोर्नु परेको बताए । 

सेती लोक मार्ग सडक अन्तरगत डोटी जिल्लाको बन क्षेत्रमा पर्ने रुख कटानी प्रक्रियाको लागि फिल्ड सर्वे गरी राय सहित सम्पूर्ण कागजात तयार गरी विभागमा पठाई सकेको डिभिजन बन कार्यालय डोटीका प्रमुख गोकुल रिजालले बताए । उनले भने डोटी जिल्लामा २ हजार ७ सय ८० रुख कटानी गर्नुपर्ने देखिएको छ रुख कटानी आदेश नआउँदा काम सुचारु हुन नसक्ने डिभिजन प्रमुख रिजाल बताउँछन् । 

सडक निमार्ण क्षेत्रमा सुरुवातमा इआईए गर्दा रुख कटान गरिनुपर्ने सङ्ख्या कम देखाइएको रुख सङ्ख्या बढी काटिने भएका कारण रुख कटानी आदेशमा ढिलाइ हुन गएको  विभागले जानकारी गराएको समेत प्रमुख रिजालले बताए । 

सडक निमार्ण प्रक्रिया अघि बढ्न नसक्दा स्थानीय बासिन्दा सडक सञ्जालबाट वञ्चित रहेका स्थानीय बासी शिद्धराज विष्टले बताए । उनले भने हामीहरूलाई तपाईँको गाउँघरबाट भएर सडक निमार्ण कार्य सुरु हुन्छ तपाइहरूले आफ्नो जमिन दिनुपर्छ भनेको थियो हामीले दियौ तर अहिले सडक निमार्ण कार्य अलपत्र हुँदा हाम्रो जमिन मात्र मासियो नत सडक बन्यो, नत जमिन नै रह्यो । उनले भने सबै काम सरकारको नै हो किन आज हामीहरूलाई किन यसो भएन, उसो भएन भन्नु पर्‍यो सडक निमार्ण कार्य अगाडी बढाउन् आग्रह गरेका छन् । 

राष्ट्रिय गौरवका योजनाहरू अलपत्र पार्न सरकार स्वयं आफुनै दोषी रहेको स्थानीयले गुनासो गरेका छन् । सम्पूर्ण प्रक्रिया पुरा नगरी सडक निमार्णको सम्झौता गर्दा हचुवाको तालमा काम अगाडी बढाएकोले यस विषयमा सरकारले ध्यान दिनुपर्ने स्थानीय बासीहरूले आग्रह गरेका छन् ।