बंगलादेशका कृषिमन्त्री र राज्यमन्त्रीसँग राजदूत भण्डारीको भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बंगलादेशका कृषिमन्त्री र राज्यमन्त्रीसँग राजदूत भण्डारीको भेट


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार ढाकामा त्यहाँका कृषिमन्त्री मोहम्मद अब्दुस साहिदसँग भेटवार्ता गरेका छन् ।

दूतावासकै अनुसार मंगलबारै राजदूत भण्डारीले ‘सिपिङ राज्यमन्त्री’ खालिद महमुद चौधरीसँग पनि भेटवार्ता गरे । दुवै भेटवार्तामा दूतावासकी उपनियोग प्रमुख ललिता सिलवाल पनि सहभागी भएकी थिइन् ।

दुतावासका अनुसार भेटवार्तामा कृषि, व्यापार र कनेक्टिभिटीका क्षेत्रमा पारम्परिक हितका विषयमा छलफल भएको थियो ।

राजदूत भण्डारीले सोमबार वाणिज्य राज्यमन्त्री अहसनुल इस्लाम टिटुसँग भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरुबीच आर्थिक सहयोगको बढ्दो प्रवृत्ति, नेपाल र बंगलादेशबीचको व्यापारिक सम्बन्ध र कनेक्टिभिटी बढाउने उपायबारे छलफल भएको दूतावासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस