ओलीको आरोप : माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन्  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओलीको आरोप : माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन् 


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरूलाई अल्मल्याइरहेको आक्षेप लगाएका छन्।

मंगलबार नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उनले माधव नेपालले मान्छेहरूलाई भ्रम दिएर झुक्याएको पनि बताए।

उनले अध्यक्ष नेपालले जनतालाई ‘फ्रि भिसा, फ्रि टिकट’ दिने भनेर अल्मल्याएकोसमेत बताए। उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र अपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरे।

अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धीको विरोधमा पार्टी फुटाउनेहरू सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गरे।

‘‘आफ्नो सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने प्रस्ताव लिएर, अदालत गएर, मलाई मुद्दा जिताइदिनु पर्‍यो भनेर अदालतमा जाने अनि दक्षिणपन्थी सरकार बनाएर आफ्नो सरकार ढालेर१ कति अधर्मी, कति अपराधिक मनोवृत्ति होला ? होइन भने त त्यस्तो मान्छे त सुकेरै मर्थ्यो। तर पनि ती मान्छेहरू त केही नि जस्तो छैन। उल्टै लाज पनि छैन। सरम पनि छैन। माधव नेपाल हेर्नुस् त, मान्छेलाई अल्मल्याएको छ। भ्रम दिएको छ। झुक्याएको छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस