जीवित व्यक्तीको मृत्यु दर्ता गरिदिने वडासचिव दोषी ठहर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जीवित व्यक्तीको मृत्यु दर्ता गरिदिने वडासचिव दोषी ठहर


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । जीवित व्यक्तीको मृत्यु दर्ता गरिदिने वडासचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

श्रीमान् जीवित छँदाछँदै मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाएर भत्ता बुझ्ने महिला र मृत्युदर्ता तयार पारी भत्ता दिने वडासचिव भ्रष्टाचारमा दोषी ठहर भएका अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए ।

मंगलबार विशेष अदालतले रामेछापको मन्थली ३ का तत्कालीन वडाध्यक्ष शिवकुमार महतोलाई पनि दोषी ठहर गरेको प्रवक्ता कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार न्यायाधीशहरू टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भत्ता दिने वडाध्यक्ष महतो र भत्ता लिने निर्मला खत्रीलाई दोषी ठहर गरेको हो । अदालतले वडासचिव महतो र भत्ता लिने निर्मला खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस