दक्षिण कोरियाली राजदूत योङले दिए किसानलाई उन्नत जातको बाच्छी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दक्षिण कोरियाली राजदूत योङले दिए किसानलाई उन्नत जातको बाच्छी


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । दक्षिण कोरियाका राजदूत पार्कटाइ योङले होलस्टिन गाईको ७ दिने बाच्छी कमलामाइ नगरपालिका ५ दमारकी उमा सुवेदीलाई मंगलबार उपहारस्वरुप प्रदान गरेका छन् ।

कोरिया सरकारले नेपाललाई हस्तान्तरण गरी कमलामाइ नगरपालिकामा पठाएको ८० वटा गाईमध्ये सोही वडा गैंयाँटारकी गुणकुमारी अधिकारीले पालन गरेको माली गाई ब्याएपछि बाच्छी समूहका सदस्यलाई हस्तान्तरण गरिएको हो । गाई पालनका लागि १०९ जना किसान समूहमा आबद्ध भएका छन् । किसान सुवेदीले उपहारमा पाएको बाच्छी भने माउबाट छुटाएर लैजान पाँच महिना कुर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा ५१ जना किसानले गाई पाएकोमा तीबाट जन्मिने बाच्छीहरु क्रमशः किसानलाई हस्तान्तरण गर्दै जानुपर्ने नियम छ । राजदूत योङले नेपाल-दक्षिण कोरियाबीच सम्बन्ध भएको ५० वर्ष पुगेको उपलक्ष्यमा गैयाँटार, दमार, राजपानी, ढकालगाउँलाई कोरिया-नेपाल मोडेल डेरी भिलेज नामाकरण गरिएको प्रतिमाको समेत अनावरण गरेका थिए ।

दक्षिण कोरिया सरकारले मिल्क वे परियोजना अन्तर्गत कमलामाई नगरपालिकालाई उन्नत जातका ८० वटा होलस्टिन गाई उपहार स्वरूप प्रदान गरेको थियो ।

होलस्टिन गाईबाट दूधमा कमलामाइ नगरपालिका आत्मनिर्भर मात्र नभएर निर्यात गर्न सक्ने हुने आफूले विश्वास लिएको राजदूत योङले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस