प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट केन्द्रीय समिति चयन गर्ने प्रस्ताव « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट केन्द्रीय समिति चयन गर्ने प्रस्ताव


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि सुरु विधान सम्मेलनमा केन्द्रीय समिति प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीबाट चयन गर्ने प्रस्ताव गरिएको छ । विधान मस्यौदा समितिले गरेको प्रस्तावलाई स्थायी समितिबाट परिमार्जन गरी सम्मेलनमा प्रस्ताव गरिएको हो ।

बैठकमा स्थायी समितिका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको मस्यौदा प्रस्तावमा १५१ जनाको केन्द्रीय समितिमा ५१ प्रतिशत प्रत्यक्ष र ४९ प्रतिशत समानुपातिक प्रणालीबाट चुन्ने प्रस्ताव गरेका छन् ।

‘प्रचण्ड’ले यसबाहेक पार्टी प्रवेशलगायतका प्रक्रियाबाट आउनेका लागि १० प्रतिशत छुट्याइएको एक माओवादी नेताले बताए ।

प्रस्तावित विधान मस्यौदामा ‘केन्द्रीय समिति महाधिवेशन हलले चुन्ने’ भनेर मात्रै उल्लेख थियो । स्थायी समिति र पार्टीको पदाधिकारी बैठकले यसलाई केही मूर्त बनाएर अधिवेशनमा पेस गरेको हो ।

यस्तै अध्यक्ष ‘प्रचण्ड’ले मस्यौदा समितिले विधानमा गरेको पदाधिकारीमा दुईपटक भन्दा बढी रहन नपाउने व्यवस्थाका विषयमा पुनर्विचार गर्नुपर्ने हुन सक्ने धारणा राखेका छन् ।

यद्यपि, यी सबै विषयमा छलफल गरेर मात्रै निष्कर्षमा पुग्ने विकल्प भने खुला नै रहेको ती नेताको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस