राप्रपाद्वारा दुर्गा प्रसाईँसँग संवाद गर्न वार्ता समिति गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाद्वारा दुर्गा प्रसाईँसँग संवाद गर्न वार्ता समिति गठन


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ। प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईँसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको एक नेताले बताए ।

प्रसाईँले भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि मंगलबार भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणालगायतसँग कुराकानी पनि गरेका थिए। प्रसाईँले सोमबार अध्यक्ष लिङ्देनसँग भक्तपुरस्थित सोही रिसोर्टमा भेटेका बताइएको छ ।

प्रसाईँले राप्रपाका अध्यक्ष लिङ्देनसहित नेताहरूसँग आफ्नो अभियानलाई समर्थन गर्न आग्रह गर्दै आएका छन्। राजावादीहरू एक ठाउँमा उभिनुपर्ने तर्क उनीहरूको छ।

Tags :
प्रतिक्रिया दिनुहोस