सूर्यदर्शन सहकारी प्रकरणमा भट्टराई पुर्पक्षका लागि कारागार चलान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सूर्यदर्शन सहकारी प्रकरणमा भट्टराई पुर्पक्षका लागि कारागार चलान


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सूर्यदर्शन सहकारीका सञ्चालक समितिका सदस्य प्रमोद भट्टराईलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार पठाएको छ ।

न्यायाधीश रामचन्द्र शर्माको एकल इजलाशले भट्टराईलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

सुनसरी जिल्ला, इनरुवा नगरपालिका ५ घर भएका भट्टराईलाई काठमाडौं प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयमा गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ परेका उनलाई शुक्रबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

यससँगै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ ।

यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल पक्राउ परिसकेका छन् । उनीहरू पनि पुर्पक्षका लागि थुनामै छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीवी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । राईसहित १४ जना अझै फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस