२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय, दुईजना पक्राउ

अ+ अ-

काठमाडौँ । विराटनगर महानगरपालिका-३ मा भेटिएको विष्फोटक बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय नजिकै प्रेसर कुकरमा विष्फोटक पदार्थ राखिएको थियो ।

हिजो साँझ उक्त वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो । आज भैरव गणका सेनानी रभास खतिवडाको नेतृत्वमा पुगेको टोलीले निष्क्रिय बनाएको हो । टेपले बाँधिएको प्रेसर कुकरभित्र डेटोनेटर, सेफ्टी फ्युज, साबुनको डल्ला र ढुङ्गाहरु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त बस्तु राखेर आतंक सिर्जना गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घर भई काठमाडौँको भीमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी छन् ।

उनीहरूले विद्यालयहरूमा धम्की दिएर चन्दा असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । चन्दा दिन आग्रह गर्ने र नदिए बम विष्फोट गराइदिने धम्की दिने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाईको डेडकर्ड, १ किलो सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।