मालदिभ्सविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मालदिभ्सविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत मालदिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । 

यससँगै मालदिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो । मालदिभ्स भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । 

मालदिभ्स पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस