सुनको मूल्य घट्यो, चाँदीको स्थिर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य घट्यो, चाँदीको स्थिर


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस