कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कतारमा मृत्युदण्ड तोकिएका ८ भारतीय रिहा


१ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा भएका छन् । भारतको विदेश मन्त्रालयका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् ।

आठ पूर्व मरीनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए। उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, आरोपहरू सार्वजनिक गरेनन् । 

सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको भारतीय मिडियाले जनाएका थिए । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू प्रदान गर्दछ । 

एक वर्षभन्दा बढी जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व मरीनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त निर्णयविरुद्ध भारतले अपिल गरेको थियो । कतार भारतलाई प्राकृतिक ग्याँसको प्रमुख आपूर्तिकर्ता हो ।

त्यहाँ करिब आठ लाख भारतीय काम गर्छन् । दुई देशबीच सधैँ राम्रो सम्बन्ध रहँदै आएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस