बजेट खर्च गर्नमा अर्थ मन्त्रालय सबैभन्दा पछाडि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बजेट खर्च गर्नमा अर्थ मन्त्रालय सबैभन्दा पछाडि


२९ माघ २०८०, सोमबार


काठमाडौँ। बजेट खर्च गर्नमा अर्थ मन्त्रालय सबैभन्दा पछाडि परेको छ । सोमबार सार्वजनिक भएको चालू आर्थिक वर्ष २०८०-८१ को ६ महिनाको अवधिमा बजेटको मूल्यांकन प्रतिवेदन अनुसार स्वयम् अर्थ मन्त्रालयले नै लक्ष्यअनुरूप पर्याप्त बजेट खर्च गर्न नसकेको हो ।

साउनदेखि पुस मसान्तसम्मको अवधिमा अर्थ मन्त्रालयले चालू वर्षका लागि विनियोजित बजेटको ९.९० प्रतिशत मात्रै खर्च गर्न सकेको छ । चालू वर्षका लागि अर्थ मन्त्रालयले आफूलाई ४१ अर्ब ७ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

अर्धवार्षिक समीक्षासम्मको अवधिमा परराष्ट्र मन्त्रालयले विनियोजित बजेटको ८० प्रतिशत खर्च गरेको तथ्यांक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस