काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


२८ माघ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महासमिति बैठकको अगाडि तीन फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।

फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आव्हान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

केन्द्रीय समिति बैठकले महासमिति बैठकमा पेश हुने प्रतिवेदनहरू पनि अनुमोदन गर्ने भएको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्नेछन् ।

खड्काले नीति, थापाले सांगठनीक र शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस