२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रह्माण्डका सबैभन्दा चम्किला वस्तुहरू

अ+ अ-

सामान्यतया: ब्रह्माण्डमा ग्यालेक्सी एउटा टापु जस्तै हुन्छ, जसमा खरबौँ ताराहरू बसोबास गर्दछन् । यसको केन्द्रमा सूर्यभन्दा करोडौँ गुणा विशाल पिण्ड भएका सुपरम्यासिभ ब्ल्याक होल अवस्थित हुन्छ। जसको गुरुत्वाकर्षण शक्ति वरिपरि ती सबै ताराहरू एउटा डिस्क आकारमा फैलिएर केन्द्र भागलाई परिक्रमा गरिरहेका हुन्छन् ।

साधारणयता ग्यालेक्सीलाई दुई अथवा वर्गमा विभाजित गर्न सकिन्छ: एउटा जुनमा केन्द्रीय भाग त्यति  सक्रिय हुँदैन र अर्को चाहिँ जसमा केन्द्रीय भाग अत्यन्तै सक्रिय हुन्छ, अर्थात् त्यस ग्यालेक्सीको गर्भमा रहेको ब्ल्याक होलले वरिपरिका पदार्थलाई द्रुत रूपमा आफूतिर आकर्षित गर्दछ । परिणाम स्वरूप ब्ल्याक होल को वरपर पदार्थको एउटा विशाल अक्रिशन डिस्कको निर्माण हुन्छ । अक्रिशन डिस्कको पदार्थलाई ब्ल्याक होलले बिस्तारै आफूभित्र लिन गर्ने क्रममा डिस्कको तापक्रम आध्यात्मिक मात्रामा बढ्ने गर्दछ आफू भित्र लिन गर्ने क्रममा डिस्कको तापक्रम आध्यात्मिक मात्रामा बढ्ने गर्दछ फलस्वरूप त्यस ग्यालेक्सीको केन्द्रीय भाग (करिब १०%) पुरै ग्यालेक्सी भन्दा पनि चम्किलो देखिन्छ, यसलाई एक्टिभ ग्यालेक्सी न्युक्लिआई अर्थात् एजीएन भनिन्छ।

एजीएन ब्रह्माण्डका सबैभन्दा चम्किला हुन् जो सूर्यभन्दा अरबौँ गुणा चम्किला हुन्छन् र त्यसैले  यिनीहरूलाई  अरबौँ प्रकाश वर्षबाट पनि देख्न सकिन्छ । दिक र काल (स्पेस एण्ड टायम) तदाम्यताको रोचक पक्ष के छ भने ब्रह्माण्डमा हामी जति टाढा हेर्छौँ, हामी वास्तवमा त्यति नै समयको भूतकालमा ती वस्तुहरूलाई देखिरहेका हुन्छौँ । उदाहरणको लागि करिब २५ लाख प्रकाश वर्ष पर रहेको हाम्रो छिमेकी ग्यालेक्सी एन्ड्रोमेडाका जीवले यदि टेलिस्कोपबाट यस समय पृथ्वीतिर हेरेका भए तिनीहरूले वास्तवमा २५ लाख वर्ष पहिलाको पृथ्वी हेरिरहेका हुन्छन् अर्थात् उनीहरूले यहाँ मानव होइन, भीमकाय डाइनोसरहरु विचरण गरिरहेका देख्थे होलान् । यसै नियम अनुसार विभिन्न दूरीमा रहेका एजीएनका अध्ययनले हामीलाई ग्यालेक्सीहरूको मात्र होइन, सम्पूर्ण ब्रह्माण्डको क्रम विकासको बारेमा अध्ययन गर्न मद्दत गर्दछ।

एजीएनको खोजको पछाडि एक रोचक इतिहास छ। १९६० को दशकमा जब टेलिस्कोपहरूको द्रुत विकास भइरहेको थियो, खगोलविदहरुले विभिन्न ताराको गहिरो अध्ययन गरिरहेका थिए ।

एक्टिभ ग्यालेक्टिक न्यूक्लिआईको काल्पनिक चित्र: केन्द्रमा रहेको सुपरमासिप ब्ल्याक होलको वरिपरि एउटा विशाल अक्रिशन  डिस्क देख्न सकिन्छ र त्यही ब्ल्याक होलको  वरपरबाट जेट्सहरूको निर्माण भएको देखिन्छ ।

त्यस बखतमा स्पेक्ट्रल लाइन अध्ययनले केही ताराहरू हाम्रो ग्यालेक्सी आकाशगङ्गा भन्दा धेरै टाढा रहेको तथ्य देखा परयो । तब  प्रश्न उठ्यो यदि ताराहरू जो धेरै टाढा छन् तर हाम्रो ग्यालेक्सीमा रहेका ताराहरू जतिकै चम्किला देखिन्छन् भने वास्तवमा त्यस्ता ताराहरू अति नै विशाल हुनुपर्दछ र तिनीहरू ताराभन्दा भिन्नै प्रकृतिका हुनुपर्दछ। त्यस बखतमा यी ताराहरूलाई क्वाजी स्टेलर अब्जेक्ट (क्यूएसओ) अर्थात् तारा जस्तै देखिने खगोलीय वस्तु भनेर नामाकरण गरियो र पछि तेस्लाई छोटकरीमा कोइजार भनिन थाल्यो। 

एजीएनको एउटा सानो वर्ग (करिब १०%) जतिले अत्याधिक  मात्रामा रेडियो शक्ति  उत्सर्जन गर्दछन् र यिनीहरूलाई रेडियो-लाउड एजीएन भन्ने गरिन्छ। यस्ता खगोलीय वस्तुहरूलाई रेडियो टेलिस्कोपहरूको माध्यमबाट हेर्दा तिनीहरूमा रहेका विशाल जेट्सहरू देखिन्छन्। यस्ता जेटहरू ब्ल्याक होलको नजिकबाट सुरु भई लाखौँ प्रकाश वर्ष टाढासम्म फैलिएका देख्न सकिन्छ र विभिन्न समयमा लिएका रेडियो तस्बिर मा झट्ट हेर्दा ती जेटहरू प्रकाशको वेगभन्दा पनि द्रुत गतिमा (सुपर-लुमिनल मोसन) दौडिरहेका झैँ प्रतीत हुन्छ। यदि एजीएन जेट पृथ्वीतिर तेर्सिएको छ भने रिलेटिभस्टिक इफेक्टको कारणले गर्दा ती वस्तुहरू अझ चम्किला देखिन्छन्, मानौँ कि कुनै विशाल खगोलीय टर्च सिधै पृथ्वीतिर लक्षित गरिएको छ । यस्ता एजीएनलाई ब्लेज़ार भनिन्छ । ब्लेज़ारहरुलाई ब्रह्माण्डका पावर हाउस मान्न सकिन्छ जो हाई एलर्जी एक्सरे र गामारेमा सबैभन्दा बढी चम्किला देखिन्छन् । 

ब्लेज़ारजेटले पार्टिकलहरूलाई भेरी हाइ एलर्जीमा एक्सलरेट गर्न  सक्छन् र अत्याधिक एलर्जी भई द्रुत गतिमा विचरण गर्ने अल्ट्रा-हाई एलर्जी कस्मिक रेज्का निर्माण गर्दछन्। यसका साथै भुत्याहा कण भनिने न्युट्रिनो बन्ने परिस्थितिको निर्माण गर्दछन् । त्यसैगरी केही ब्लेजरहरूको गर्भमा दुई वटा सुपर मासिक ब्ल्याक कल एक अर्कालाई परिक्रमा गरिरहेका हुन सक्छन्। जो भविष्यमा बन्ने अति संवेदनशील ग्राभिटेसनल वेभ टेलिस्कोपको लागि अनुसन्धानको विषय रहनेछ।

कोइजार र ब्लेजारको अध्ययन मल्टी म्यासेन्जर अस्ट्रोनोमी भनिने आधुनिक खगोल शास्त्रका लागि अति नै महत्त्वपूर्ण छ। किनकि यस्ता खगोलीय वस्तुहरू  ग्राभिटेसनल वेभ, न्युट्रिनो, गामारे, एक्सरेका महत्त्वपूर्ण स्रोत हुन्। त्यसैगरी, एजीएनस्ले केही अत्यन्त भौतिक परिस्थिति जस्तो कि  तिब्र गुरुत्वाकर्षण शक्ति, उच्चतम तापक्रम, शीघ्रतम गति, विशाल बनावट र उच्च-ऊर्जा फोटन र कणहरू जस्ता सबैको समिश्रण  समेटेको हुन्छ । यसकारण यिनीहरूलाई भौतिक शास्त्रका मौलिक नियमहरू परीक्षण गर्नका लागि अत्याधुनिक प्रयोगशालाका रूपमा कार्य गर्दछन्।

(जिलोना गुरा युनिवर्सिटि पोल्यान्डमा प्रोफेसका रूपमा कार्यरत लेखक विगत १६ वर्षदेखि हाइएनेर्जी एस्ट्रोफिजिक्सको अनुसन्धानमा छन् र उनका करिब १०० जति वैज्ञानिक शोधपत्रहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन्)

लेखकका ब्रह्माण्ड सम्बन्धी रोचक भिडियोहरू तलको लिङ्कमा देख्न सकिन्छ:

https://www.youtube.com/channel/UC3wm8a3swtNkB4E7AbA_2CQ

प्रतिक्रिया दिनुहोस