रारामा हिउँमा रमाउँदै आन्तरिक पर्यटक    « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रारामा हिउँमा रमाउँदै आन्तरिक पर्यटक   


२७ माघ २०८०, शनिबार


मुगु । रारा तालको किनारमा हिमपातले सेताम्य भएर टल्किएको छ । यस्तोमा यहाँ आएर रमाउने पर्यटक बढेका छन् । 

माघ दोस्रो सातातिर भएको हिमपातपछि  मौसममा सुधार आएको छ । खुल्ला आकासमुनि  नीलो राराको किनारमा जमेको हिउँको पृष्ठभूमिमा विभिन्न कोणबाट ताल र हिमालका दृश्य हेर्न पर्यटक आइरहेका छन् । रारामा हिउँमा रमाउदै भिडियो र फोटो खिच्दै रमाउनेमा आन्तरिक पर्यटकहरु छन् । 

हिउँदमा रारामा पर्यटक आगमन घट्ने गरेको थियो । यसपटक अघिल्ला वर्ष जसरी अत्यधिक हिमपात नहुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो छैन । त्यसैले पनि रारा पुग्नेले जाडोको फिक्री गरेका छैनन् । 

समुद्र सतहबाट २९ सय ७२ मिटरको उचाइमा अवस्थित रारा तालको अधिकतम लम्बाइ ५ किलोमीटर र चौडाई ३.२ किलोमिटर छ । रारा राष्ट्रिय निकुञ्जको १ सय ६ वर्ग किलोमिटरले यसको सुन्दरतालाई जोगाइराखेको छ । 

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरु पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौँ बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०-६० जना आउर्ने गरेका छन् । हिउँ नै परेको दिन खेल्न रारा धेरै आन्तरीक पर्यटक आएको निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस