घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले घुस रकमसहित रङ्गेहात पक्राउ परेका  मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो । 

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेज नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई दोषी ठहर गरेको हो । 

सुनसरीको बर्जू गाउँपालिकाका तत्कालीन इन्जिनियर मेहतालाई बिगो बराबरको २० हजार रुपैयाँ जरिवाना र एक महिना कैदको फैसला भएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले बताए । । 

सुनसरीको बर्जू गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई सेवाग्राहीसँग घुसबापत लिएको २० हजार नगदसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । 

सम्बन्धित समाचार : इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित समाचार : इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Tags :
प्रतिक्रिया दिनुहोस