हवल्दार मृत्युबारे अध्ययन गर्न एसएसपीको नेतृत्वमा समिति गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हवल्दार मृत्युबारे अध्ययन गर्न एसएसपीको नेतृत्वमा समिति गठन


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । ड्युटी सकेर ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको प्रकरणमा उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश राज मैनालीको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौँबाट डीएसपी अनिल अधिकारी सदस्य छन् ।

गएराति ११ः१५ बजे ड्युटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर हेमराज एलजीको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार : ड्युटी सकेर फर्किँदा सहायक हवल्दारको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस