सार्वजनिक जग्गा लुट्ने जोसुकै भिआइपी भए पनि कारवाही गर्नुपर्छ : गगन थापा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सार्वजनिक जग्गा लुट्ने जोसुकै भिआइपी भए पनि कारवाही गर्नुपर्छ : गगन थापा 


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कानूनको शासन मान्ने काँग्रेसले व्यवहारमा पनि लागू गर्नुपर्ने बताएका छन् । काठमाडौँको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी र ठग भिआइपी नहुने टिप्पणी गरे ।

उनले भने, ‘भ्रष्टाचारको सन्दर्भमा काँग्रेसले मन्त्र बनाउनैपर्छ-दोषी जोसुकै भए पनि उम्कन हुन्न, निर्दोष पर्न हुन्न । कानून सबैका लागि बराबर हो । एउटा सर्वसाधारणले देशको सार्वजनिक सम्पत्ति, जग्गाजमिन लुटेर लियो भने उसलाई दण्ड हुन्छ । सहकारीमा ठग्यो भने पनि दण्ड हुन्छ । कार्यालयका सामान्य कर्मचारी सुब्बाले राज्यको ढुकुटीमाथि दोहन गर्‍यो भने उसलाई दण्ड हुन्छ । काँग्रेसले समात्ने मन्त्र यही हो । भ्रष्टाचारी, ठग, अराजक भिआइपी हुँदैन । सबै बराबरी हुन्छ । जतिसुकै शक्तिशाली होस् ।’

काँग्रेसले अहिले देखिएको अलमलबाट देशलाई बाहिर निकाल्नुपर्ने महामन्त्री थापाले बताए । उनले संघदेखि स्थानीय तहसम्म काँग्रेसले सरकारको नेतृत्व गरिरहेकाले गल्ती गर्ने छुट नभएको औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस