बाँसबारी सरकारी जग्गा प्रकरण : सरकारका नाममा जग्गा ल्याउन २१ दिने सूचना जारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बाँसबारी सरकारी जग्गा प्रकरण : सरकारका नाममा जग्गा ल्याउन २१ दिने सूचना जारी


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैँ वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो ।

मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुन अनुसार कानुन जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने स्पष्ट गरेको छ ।

सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी चाँदबागका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएको थियो । उनीहरू बुधवार(हिजो) नै हाजिरी जमानीमा छुटी सकेका छन् । 

मालपोत कार्यालयले सोही हडपेको जग्गा फर्काउने प्रक्रिया थालेको हो ।

सम्बन्धित समाचार : बैंकमा राखिएको बाँसबारीको जग्गा चौधरीबाट फिर्ता ल्याउने प्रक्रिया शुरु 

Tags :
प्रतिक्रिया दिनुहोस