११६ अवैध हतियार बरामद, १३४ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

११६ अवैध हतियार बरामद, १३४ जना पक्राउ


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । प्रहरीले पछिल्लो ६ महिनामा १ सय १६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, ८१ भरुवा बन्दुक र २ एयर गन छन् ।

पक्राउ परेकाहरूबाट पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरुवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली समेत बरामद भएको ढकालले बताए ।

काठमाडौँ उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली बरामद भएको उनले बताए ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रिय रहने नीति अनुसार प्रहरीले अवैध हतियारविरुद्ध सूक्ष्म निगरानी गरिरहेको डीआईजी ढकालले बताए । त्यसक्रममा १३४ जना पक्राउ परेका हुन्, पक्राउ पर्नेमध्ये ६ जना विदेशी नागरिक छन् ।

विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको ढकालले बताए।

डीआईजी ढकालले अवैध हतियार कतै लुकाइराखेको थाहा भएका नेपाल प्रहरीलाई सूचना दिन वा सम्बन्धित व्यक्ति स्वयम्लाई पनि प्रहरीसमक्ष अवैध हतियार बुझाउन उनले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस