बेगनासमा मोटरबोट नचलाउन अन्तरिम आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बेगनासमा मोटरबोट नचलाउन अन्तरिम आदेश


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । बेगनास तालमा बिना अनुमति सञ्चालनमा रहेको मोटरबोट रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश दिएको छ । न्यायाधीश मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलाशले बेगनासमा चलिरहेको मोटरबोट रोक्न आदेश दिएको हो ।

अधिवक्ता मनोज घर्तीमगरले माघ १० गते मोटरबोट बन्द गर्न परमादेशसहित अन्तरिम आदेश माग गर्दै माघ १० गते रिट दायर गरेका थिए । उक्त रिटउपर अदालतले माघ ११ गते अनुमतिबिना चलाउन दिनूको कारण देखाउन आदेश दिएको थियो ।

आदेशमा बेगनासमा मोटरबोट वातावरणीय प्रभाव मूल्यांकन पछिमात्रै सञ्चालन गर्न सकिनेमा बिना अध्ययन गरिने त्यस्ता गतिविधिले अपूरणीय क्षति पुग्न सक्ने उल्लेख गरिएको छ । आदेशमा बेगनास तालमा हुने दुर्घटना वा दैवी परी हुने क्षति हुन गएको अवस्थामा बाहेक अन्यबेला महानगरको निर्णय पालना गर्नसमेत मोटरबोट सञ्चालक समितिलाई आदेश दिइएको छ ।

महानगरले मंसिर १३ गते मोटरबोट सञ्चालन नगर्न सूचना गरेको थियो । तर, उक्त सूचना कार्यान्वयन भएको थियो । बेगनास तालमा २ वर्षदेखि बिनाअनुमति मोटरबोट चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस