टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा


२५ माघ २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालत दर्ता गर्ने तयारी गरिएको छ । 

कैलालीको टीकापुरमा अनियमित रूपमा जग्गा वितरण गरेको आरोपमा २४९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्ने तयारी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । घिमिरेले भने-‘दर्ता गर्ने तयारी भर्ईरहेको छ, केही बेरमा सम्पूर्ण विवरणसहितको नोटिस जारी गर्ने छौ ।’

टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस