पोशाक व्यवसायीहरूले अमेरिकाको सोर्सिङ एट म्याजिक-२०२४ मा सहभागिता जनाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पोशाक व्यवसायीहरूले अमेरिकाको सोर्सिङ एट म्याजिक-२०२४ मा सहभागिता जनाउने


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपालका तयारी पोशाक व्यवसायीहरूले संयुक्त राज्य अमेरिकाको लास भेगासमा हुने सोर्सिङ एट म्याजिक-२०२४ मा सहभागिता जनाउने भएका छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर नेपाल तयारी पोशाक उद्योग संघले यसबारेमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाण्डेले हरेक वर्ष नेपालले मेलामा सहभागिता जनाउँदै आएको र यस वर्ष पनि सहभागिता जनाउन शुक्रवार अमेरिकातर्फ प्रस्थान गर्ने बताएका छन् ।

उनले सहभागिता जनाउनका लागि सरकारले २५ लाख रुपैयाँ दिएको र सो रकम स्टलका लागि मात्रै खर्च गर्न पाउने प्रावधान रहेको बताए । मेलामा सहभागी हुन ६ सदस्यीय टोली अमेरिका जाँदैछन् । पशुपतिदेव पाण्डेको नेतृत्वमा रहेको टिममा वसन्तराज अधिकारी, थोमनाथ बस्याल, शिव भट्ट, सुरेशमान श्रेष्ठ र गणेशराज पाण्डे छन् । उनले सहभागिताका लागि स्टल भाडाबापत ३४ हजार ७५० डलर पठाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस