पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी


२५ माघ २०८०, बिहिबार


काठमाडौँ । पाकिस्तानमा नयाँ सरकार गठन गर्ने संसदको तल्लो सदनका लागि चार प्रान्तीय सभाको निर्वाचन अन्तर्गत मतदान जारी छ । आम निर्वाचनका लागि स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेदेखि मतदान भइरहेको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।

कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।

एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म निर्वाधरुपमा जारी रहने बताए ।

संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ । आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस