२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु साह नेतृत्वको आजपाले तोक्यो १५ संगठनको इन्चार्ज र अध्यक्ष 

अ+ अ-

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले १५ संगठनमा नेतृत्व चयन गरेको छ । केन्द्रीय समितिको बैठकले १५ संगठनको इन्चार्ज र अध्यक्ष तोकेको प्रवक्ता चन्द्र भूषण साहले बताए ।

यस्तै, बैठकले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने निर्णयसहित संघर्ष र आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको बताए ।

उनका अनुसार वैंक, लघुवित्त तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पुँजीपतिहरूको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने र राज्यमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई वैधानिकता दिलाउन पहल गर्ने निर्णय भएको छ ।

यस्तै, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरूलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई वीक, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरूमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय गरेको उनले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बिना कुनै आधार प्रमाण, कपोलर्काल्पत, कुण्ठित एवं पूर्वाग्रही ढंगले पार्टीसाहको नाम मानव अधिकार उल्लंघनकर्ताको रूपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ ।