प्रभु साह नेतृत्वको आजपाले तोक्यो १५ संगठनको इन्चार्ज र अध्यक्ष  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रभु साह नेतृत्वको आजपाले तोक्यो १५ संगठनको इन्चार्ज र अध्यक्ष 


२४ माघ २०८०, बुधबार


काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले १५ संगठनमा नेतृत्व चयन गरेको छ । केन्द्रीय समितिको बैठकले १५ संगठनको इन्चार्ज र अध्यक्ष तोकेको प्रवक्ता चन्द्र भूषण साहले बताए ।

यस्तै, बैठकले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रूपमा मनाउने निर्णयसहित संघर्ष र आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको बताए ।

उनका अनुसार वैंक, लघुवित्त तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पुँजीपतिहरूको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने र राज्यमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई वैधानिकता दिलाउन पहल गर्ने निर्णय भएको छ ।

यस्तै, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरूलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई वीक, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरूमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय गरेको उनले बताए ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बिना कुनै आधार प्रमाण, कपोलर्काल्पत, कुण्ठित एवं पूर्वाग्रही ढंगले पार्टीसाहको नाम मानव अधिकार उल्लंघनकर्ताको रूपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस