वर्षमान पुनले भने-‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी छ’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

वर्षमान पुनले भने-‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको दाबी छ’


२४ माघ २०८०, बुधबार


barsaman-pun

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। 

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताएका हुन्।

उनले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताए। उनले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने बताए।

उनले भने, ‘प्राकृतिक रूपले हेर्दा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ । हाम्रो दाबी पनि रहेको छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौँ र अरु दलहरूसँग पनि छलफल गर्छौ । राष्ट्रिय सभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ।’

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले माईतीघर मण्डलालाई निषेध गर्न नहुने पनि बताए। उनले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस