सात लाख धरौटीमा छुटे मित्रमिलन सहकारी ठगी आरोपमा समातिएका सहप्राध्यापक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सात लाख धरौटीमा छुटे मित्रमिलन सहकारी ठगी आरोपमा समातिएका सहप्राध्यापक


२४ माघ २०८०, बुधबार


काठमाडौँ । मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहप्राध्यापक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले विष्णुप्रसाद भण्डारीलाई ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो ।

मित्रमिलन सहकारी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पोखराको पृथ्वीनारायण क्याम्पस पोखराका सह(प्राध्यापक भण्डारी थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको कास्की जिल्ला अदालतले जनाएको छ । 

उनलाई सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप थियो । भण्डारीले भने आफूलाई जानकारी नै नदिई कीर्ते गरेर फसाइएको बताउँदै आएका थिए ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनालाई पक्राउ पुर्जी जारी भएकोमा ८ जना पक्राउ परेका छन् । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने भण्डारीसहित २ जना धरौटीमा रिहा भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस