प्रधानमन्त्री फेर्नेबारे अहिले नै छलफल गर्नु हुदैन् : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री फेर्नेबारे अहिले नै छलफल गर्नु हुदैन् : माधव नेपाल


२४ माघ २०८०, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै प्रधानमन्त्री फेर्ने विषयमा छलफल गर्न नहुने बताएका छन् । अर्को सत्ताघटक नेपाली काँग्रेसका नेताहरुले सरकारको नेतृत्व नै फर्नुपर्ने धारणा राखिरहेका बेला अध्यक्ष नेपालले भने अहिले नै सरकारको नेतृत्व फेर्ने विषयमा छलफल गर्ने बेला नभएको बताए ।

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ अध्यक्ष नेपालले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए।

‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन । कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन । अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरूको छनोट होला, ‘मन्त्री फेरबदल गर्ने विषयमा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘अहिले जो प्रधानमन्त्री हुनुहुन्छ, सरकार छ । यसले नै संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउने हो । त्यसकारण यस्तो बेलामा को-को प्रधानमन्त्री ? को-को मन्त्री भनेर छलफल चलाउनु ठिक हुँदैन । मन्त्रीहरू फेर्ने नै हो भने पनि सुटुक्क गर्ने विषय हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस