पहुँचका आधारमा भ्रष्टाचार र लुट चलिरहेको छ : प्रभु साह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पहुँचका आधारमा भ्रष्टाचार र लुट चलिरहेको छ : प्रभु साह


२४ माघ २०८०, बुधबार


काठमाडौँ । आम जनता पार्टी (आजपा) का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । आर्थिक अवस्था भयावह छ । देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ ।’

मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको बताए । ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने ।

सम्पत्ति लुट्नेहरूले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए ।नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको देखाएको भन्दै उनले धेरै रेमिट्यान्स आउँदैमा खुशी हुनु नपर्ने बताए ।

‘म सोध्न चाहन्छ-६ वर्ष अगाडि कति युवा विदेश गएका थिए रु अहिले कति विदेश गए रु अहिले कति युवाहरू विदेशमा काम गरिरहेका छन् ? कति युवाले कति कमाउँछन् र तिनबाट कति पैसा आउनुपर्ने हो ? जनतालाई बुझाउन जरुरी छ’, सांसद साहले भने ।

जिम्मेवारीमा रहेकाहरूबाटै भ्रष्टाचार हुने गरेको उनको भनाइ छ । ‘ठूलो ओहोदाहरू रहेकाहरूले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पीआर र ग्रिन कार्ड लिएर बाहिर जाने रु पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने ?’ उनले सोधे ।

Tags :
प्रतिक्रिया दिनुहोस