पाँच लाख घुससहित रंगेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाँच लाख घुससहित रंगेहात पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर


२४ माघ २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाँच लाख घुससहित रंगेहात पक्राउ परेका बाराको जितपुरसिमरा उपमहानगरपालिकाका-३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।

अध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

वडाध्यक्ष कार्कीले घुस लिएको पुष्टी भएपछि पाँच लाख रुपैयाँ बिगो कायम गर्दै आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस