कोरियालाई हराउँदै जोर्डन सेमिफाइनलमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरियालाई हराउँदै जोर्डन सेमिफाइनलमा


२४ माघ २०८०, बुधबार


काठमाडौँ । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २-० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो । जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो । 

आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णत:हकदार रह्यो ।

खेलको ५३ औं मिनेटमा जोर्डनका याजन अल-नामटले पहिलो गोल गरेका थिए । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो । मउसा अल-तमारीले ६६ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरे । अल-नामट र अल-तमारीको आक्रामक खेलका अगाडि दक्षिण कोरियाली टिम कमजोर र फिक्का देखिएको थियो । 

बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ र त्यसमा इराकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारको सामना गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस