भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारत यू-१९ विश्वकप क्रिकेटको फाइनलमा


२४ माघ २०८०, बुधबार


काठमाडौँ । आइसीसी यू-१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले सर्वाधिक ७६ रनको पारि खेले । उनले १०२ बल फेस गर्दा ३ छक्का र ६ चौका प्रहार गरेका थिए । यसैगरी रिचर्ड सेलेट्सवेनले ६४ रनको पारि खेल्दा १०० बल फेस गरे । उनले पारिमा २ छक्का र ४ चौका प्रहार गरेका थिए ।

ट्रिस्टन लुइसले नटआउट २३ रन बनाउँदा जुआन जेम्सले २४ रनको पारि खेले । यसैगरी ओलिभर ह्वाइटहेडले २२ रन बनाएका थिए ।

भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट लिँदा मुशेर खानले २ विकेट हात पारे । नमन तिवारी र सौम्य पाण्डेले एक एक विकेट लिए । २४५ रनको जवाफी लक्ष्यसहित उत्रिएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाएर जित निकाल्दै फाइनलमा स्थान बनायो ।

भारतलाई जित दिलाउनका लागि कप्तान उदय शरण र सचिन दासको पारि महत्त्वपूर्ण रह्यो । सुरुआत खराब गरेको भारतलाई सचिन दासले ९६ रनको पारि खेल्दै जित नजिक लगेका थिए । सचिन दास आउट हुँदा भारतले ४२.१ ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

यसैगरी कप्तान उदय शरणले ८१ रनको पारि खेल्दै जित दिलाएका थिए । स्कोर बराबर भएका बेला १२४ बल फेस गरेपछि रनआउटको शिकार बने । उनले आफ्नो पारिमा ६ चौका प्रहार गरे । अन्त्यमा राज लिम्बानीले ४ बलमा १३ रनको नटआउट पारि खेलेर जित निकाले । लिम्बानीले १ छक्का र १ चौका प्रहार गरे ।

भारतका अर्सिन कुलकर्नीले १२ रन बनाउँदा अर्भाले अभिनासले १० रन जोडे ।  दक्षिण अफ्रिकाका लागि क्वेना मफाका र ट्रिस्टन लुइसले तीन तीन विकेट लिए ।

यू-१९ विश्वकप क्रिकेटमा भारत सर्वाधिक सफल टिम हो । १९८८ बाट सुरु भएको यो प्रतियोगितामा भारतले पहिलो पटक सन् २००० मा उपाधि जितेको थियो । भारतले अहिलेसम्म पाँच पटक उपाधि जिति सकेको छ । भारतले २००२ पछि २००८, २०१२, २०१८ र २०२२ मा जितेको जियो । फाइनलमा प्रवेश गरेसँगै भारत यू १९ विश्वकप क्रिकेटको छैटौं उपाधि नजिक पुगेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस