काठमाडौँ । सर्वोच्च अदालतले स्काउटको निर्धारित निर्वाचन कार्यक्रम नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयले स्काउटको कार्यक्रम रोक्न भनी पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो ।
स्काउटका तर्फबाट लोकबहादुर भण्डारीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र युवा तथा खेलकुद मन्त्रालयका पत्र कार्यान्वयन नगर्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।