भागबन्डाको टुंगो लगेपछि कोशीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भागबन्डाको टुंगो लगेपछि कोशीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशका सत्तारुढ दलहरूका बिचमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति भएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूका बिचमा मन्त्री बाँडफाँडका विषयमा टुङ्गो लागेपछि मुख्यमन्त्री कार्कीले मन्त्री परिषद् विस्तारको तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार माओवादीलाई २ वटा र काँग्रेसले २ वटा मन्त्रालय पाउने गरी सहमति भएको थियो । यस अघि माओवादीलाई एउटा मात्रै मन्त्रालय दिने अडानमा रहेका मुख्यमन्त्री कार्की राष्ट्रियसभाको चुनावमा माओवादीका उम्मेदवार पराजित भएपछि २ वटा मन्त्रालय दिने अवस्थामा पुगेका हुन् ।

मन्त्रिपरिषद्को विस्तारको तयारी भए पनि नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको मृत्यु भएका कारण आजलाई भने मन्त्री परिषद् विस्तार नहुने मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

अब विस्तार हुने मन्त्रिपरिषद्मा काङ्ग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् ।

यस्तै माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस