चिलीमा आगलागीमा परेर १२२ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिलीमा आगलागीमा परेर १२२ जनाको मृत्यु


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । चिलीमा भीषण आगलागीका कारण १२२ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । जंगलमा भएको आगलागी मानव बस्तीमा सल्किएर हजारौँ घरहरूमा क्षति पुगेको छ भने हजारौँको संख्यामा मानिसहरू घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर हुँदै गएपछि संकटकाल घोषणा गरिएको छ ।

चिलीको राष्ट्रिय प्रकोप रोकथाम र प्रतिक्रिया सेवाका अनुसार आगलागीमा परेर सोमबारसम्म कम्तिमा १२२ जनाको मृत्यु भइसकेको छ । अझै धेरैको ज्यान गएको हुन सक्ने उसको अनुमान छ । 

आगलागीले भयावह स्थिति सिर्जना गरेपछि राष्ट्रपति गेब्रियल बोरिकले आगलागी भएको क्षेत्र भल्पराइसो र भिना डेल मार लगायतका तटीय क्षेत्रलाई आपत्कालीन सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका छन् । त्यो क्षेत्रमा चार वटा ठूलो ज्वालाहरू जलेको र अग्निनियन्त्रकहरूले उच्च जोखिममा रहेका क्षेत्रहरूमा पुग्न सङ्घर्ष गर्दा आगलागीबाट मर्नेहरूको संख्या झन् धेरै बढेको जनाइएको छ । 

राष्ट्रपति बोरिकले चिलीबासीहरूलाई उद्धारकर्मीहरूलाई सहयोग गर्न अपिल गरेका छन् । तापक्रम उच्च भएका कारण आगलागी तीव्र गतिमा फैलिएको जनाइएको छ । 

आगलागी पीडितको सम्झनामा चिली सरकारले सोमबार र मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस